६ आश्विन २०८१, आइतबार

तादी खोलामा युवक वेपत्ता


Nepalpatra

२५ साउन, नुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् ।

दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा बिहीबार पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

साथीसँग खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाइ बेपत्ता भएका युवा पण्डितको स्थानीय बासिन्दा, आफन्त तथा प्रहरीले खोजी गरिरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !