१७ असार २०८१, सोमबार

ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व


tax-money

२४ साउन, बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार ८२४ चालकलाई कारवाही गरिएको थियो । यस क्रममा ६१५ ट्रक चालक, ६४१ बस चालक, तीन हजार २८९ कार÷जीप चालक, दुई हजार १६१ मोटरसाइकल÷स्कुटर चालक, एक हजार ९८ ट्र्याक्टर चालक तथा अन्य सवारीसाधनका २० चालक कारवाहीमा परेका हुन् । सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिनुभयो ।

ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको घर्तीले बताउनुभयो । आव २०७३÷७४ मा सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख १० हजार राजश्व सङ्कलन गरिएको थियो । “सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अझै कडाइ गर्छौं,” उहाँले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !