२ असार २०८१, शनिबार

दश करोड ६३ लाख राजश्व संकलन


morang

२० साउन, विराटनगर । जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।

गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ हजार, दाउरा बिकक्रीबाट रु १६ लाख ५७ हजार, जडीबुटीबाट रु एक लाख ९१ हजार, सामुदायिक वनबाट रु ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु १० लाख ३३ हजार, बेरुजुु असुुलिबाट रु २८ लाख २२५ हजार र प्रशासनिक सेवाबाट रु सात लाख ९५ हजार राजश्व संकलन गरेको जिल्ला वन अधिकृत डा विनोद देवकोटाले जानकारी दिनुभयो ।

आव २०७३÷७४ मा कार्यालयले रु सात करोड ५० लाख राजश्व संकलन गरेको थियो । सामुुदायिक वनबाट तीन लाख ३४ हजार, साझेदारी वनबाट एक लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९९० तथा निजी वनबाट दुई लाख ११ हजार क्युुफिट काठ उत्पादन भएकोे छ । वनबाट उत्पादित काठ उपभोक्तालाई यसवर्ष पनि वन पैदावार आपूर्ति समितिमार्फत वितरण गर्ने तयारी भइरहेको छ । वन पैदावार आपूर्ति समितिले ५५० उपभोक्तालाई गतवर्ष ३४ हजार क्युुफिट काठ वितरण गरेको थियो ।

सहज रुपमा उपभोक्तालाई घर बनाउनेदेखि विकास निमार्ण तथा कृषि औजार निर्माणका लागि काठ उपलब्ध गराउँदै आएको डा देवकोटाले बताउनुुभयो । कार्यालयले आगलागी पीडितलाई ४३४ क्युुफिट तथा विकास निर्माण र कृषि औजारका लागि ६ हजार ६४५ क्युुफिट काठ वितरण गरेको छ घने ८५ चट्टा दाउरासमेत उपभोक्तालाई वितरण गरेकोछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !