१९ असार २०८१, बुधबार

स्वास्थ्यचौकीलाई एक लाख सहयोग


Myagdi

१५ साउन, म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले रु एक लाख ११ हजार सहयोग गरेका छन् ।

धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गर्नुभएको हो । केसीले मिलनचोक आमा समूहलाई समेत रु दश हजार सहयोग गर्नुभएको उहाँका छोरा शेरबहादुरले जानकारी दिनुभयो ।

वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न रु बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !