१२ साउन, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाबाट हज गर्न जाने यात्रीलाई आज बिदाइ गर्नुभएको छ ।
उहाँले पाकिजा नुरी कमिटिद्वारा आयोजित कार्यक्रममा हज यात्रीलाई प्रदेश र मुलुकको समृद्धिका लागि काम गर्न आग्रह गर्नुभयो ।
उहाँले हज यात्रीलाई हजको प्रक्रियाबारे जानकारी नभएका कारण पनि समस्या भोग्नु परिरहेकालाई ध्यानमा राख्दै प्रदेश सरकारको तर्फबाट हज यात्रीका लागि प्रशिक्षणको व्यवस्थाको गर्ने आफ्नो सोच रहेको जानकारी गराउनुभयो ।
शिक्षा नै समृद्धिको मूल आधार रहेकाले बालबालिकाको शिक्षामा जोड दिन धर्मगुरू र अगुवालाई उहाँले आग्रह गर्नुभयो । यसवर्ष धनुषा जिल्लाबाट १२ महिलासहित ३२ जना हज यात्रामा जान लागेका छन् ।(रासस)