१० मंसिर २०८१, सोमबार

“छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्”


Nepalpatra

२ साउन, काठमाडौँ । विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने (बालक) छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबु रामबहादुर र आमा राधाले सहयोगका लागि सबैसंग आग्रह गरेका हुन् ।

रनिकका बाबु रामबहादुर परियारले भन्नुभयो,–“उपचार गर्दा धेरै पैसा खर्च भइसक्यो, अहिलेसम्म त ऋण खोजेर पनि गरियो, अब त उपाय नै छैन, म मेरो छोरालाई बचाउन चाहान्छु यहाँहरूले सहयोग गर्नुहोस् ।” रनिकको बोनम्यारो पत्यारोपण गर्न रु १७ लाख खर्च लाग्ने भएको छ ।

बालकलाई शुरुमा काठमाडौँको त्रिवि अस्पताल र सिभिल अस्पतालमा लगिएको थियो । सिभिलका डा विशेष पौडेलले रनिकलाई भारतमा लगेर उपचार गराउन सुझाब दिनुभएपछि सफदरजंग अस्पताल दिल्लीमा परीक्षण गरेपछि रनिकलाई थालासिमिया भएको पत्ता लागेपनि पत्यारोपणका लागि पैसा नभएका कारण उपचार नै नगरी नेपाल ल्याइएको थियो । उनका लागि अहिलेसम्म विभिन्न दाताबाट रु दुई लाखमात्र जम्मा भएको छ ।

उनको उपचारमा अहिलेसम्म करीब ७,००,००० (सात लाख रुपैयाँ) खर्च भइसकेको छ । बिरामी रनिकलाई दश दिनभित्र रगत दिइरहनुपर्छ । एक पटक रगत दिँदा कम्तीमा रू२ हजार ५०० खर्चहुन्छ । रामबहादुरले आफ्नो नाममा खोलिएको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको खाता नं ११५००४१८५५१० र बैँक अफ काठमाडौँको खाता नं ०३४४०००००५००५२४ मा सक्दो सहयोग गर्न अनुरोध गर्दै आउनुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !