२६ मंसिर २०८१, बुधबार

प्रियंकालाई दिए बराक ओबामाले ह्वाइट हाउसमा ‘डिनर’ निम्तो


priyanka-chopra
चाँडै नै बलिउड अभिनेत्री प्रियङ्का चोपडाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने अवसर पाउने भएकी छन् ।
अभिनेत्री प्रियङ्का चोपडा अमेरिकन राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामासँग देखिने भएकी हुन् ।
समाचार अनुसार चोपडालाई अमेरिकन टीभी श्रृंखला क्वान्टिकोकी स्टार प्रियङ्का चोपडलाई हालै अमेरिकन राष्ट्रपति बाराक ओबामाको तर्फबाट व्हाइट हाउसदेखि अन्तिम ‘व्हाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनर’ का लागि आमन्त्रित गरिएको हो ।
प्रियङ्का चोपडा यस समारोहमा सहभागी हुने भएकी छन् । प्रियङ्काका सँगै यस शाही डिनरमा बाराक ओबामा र मिशेल ओबामा तथा हलिउड स्टार ब्र्याड्ली कूपर, लुयी लियु, जेन फोन्डा र कयौं चर्चिच कलाकार सहभागी हुने भएका छन् ।
यसका अलावा ‘व्हाइट हाउस कोरेस्पोन्डेन्ट्स डिनर’ समारोहलाई ल्यारी विलमोरले सञ्चालन गर्नेछन् । उनी विश्वचर्चित शो द नाईट्ली शो विद ल्यारी विलमोरका सञ्चालक हुन् । यस समारोह‍मा प्रेससँगै कयौं सरकारी अधिकारी पनि सहभागी हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !