काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
हाल तराईका धेरै स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो
तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती
तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
चेतावनी तथा परामर्श
देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।












