८ मंसिर २०८१, शनिबार

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


durghatana

३१ असार, लहान । सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रह्मपुरी निवासी हरिराम साहको पाँच वर्षीय छोरा अजितकुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यस्तै आफ्नै घरमा बिजुलीको पंखाको तार जोड्ने क्रममा आज बिहान करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका ५५ वर्षीय सगमलाल महतोको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !