काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था
कर्णाली प्रदेश,सुदूरपश्चिम प्रदेशंमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
चेतावनी तथा परामर्श
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनामा अध्याबधिक रहन विभागले अनुरोध गरेको छ ।













