१ मंसिर २०८१, शनिबार

नौ करोडको ७५ लाखको लागतमा खानेपानी आयोजना


Nepalpatra

२८ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ ।

आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।

चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि सास्ती खेप्नुपरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !