२६ असार, काठमाडौं । मानवअधिकारकर्मीले सिंहदरबारको दक्षीण गेट अगाडि प्रदर्शन गरेका छन् । सरकारले काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्नेलगायतका निर्णय गरेपछि त्यसको बिरोधमा दैनिक प्रर्दशन गर्दै आएका मानव अधिकारकर्मीले मंगलबार एक घण्टा सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका हुन् ।
सरकार स्वेच्छाचारी बन्दै गएपछि त्यसलाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको मानव अधिकारकर्मी कृष्ण पहाडीले बताए । उनले सत्याग्रह प्रतिकूल र हिंसाप्रति नरम हुने खालको सरकारको व्यवहार देखिएको भन्दै आपत्ति पनि जनाए।
यसैबीच, निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित २५ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव अधिकारकर्मीहरुले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।