१३ आश्विन २०८१, आइतबार

सम्पादक गहिरेलाई पितृशोक


Nepalpatra

२६ असार, रामपुर, पाल्पा । पाल्पा टाइम्स साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, प्रेस युनियनका पूर्व केन्द्रीय सचिव झपेन्द्र गहिरेलाई पितृशोक परेको छ ।

नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव समेत रहनुभएका गहिरेका बुबा पूर्णानन्द गहिरेको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका गहिरेको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा निधन भएको हो ।

बगनासकाली–२, पोखराथोक बस्ने स्व गहिरेका झपेन्द्रसहित दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको सोमबार नै कालिगण्डकीस्थित राम्दीघाटमा अत्येष्टी गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !