४ जेष्ठ २०८१, शुक्रबार

बेनीमा बसपार्क निर्माण शुरु


beni-buspark

२५ असार, बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ ।

जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो ।

एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो । विसं २०६४ भदौमा पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि सञ्चालन भएको बसपार्क एक दशकपछि व्यवस्थित गर्ने काम शुरु भएको हो ।

नगरपालिकाले गत वर्ष तयार पारेको गुरुयोजनाअनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्क पहिलो चरणमा ढलान र नाली निर्माणको काम शुरु गरेको हो । उक्त योजनाका लागि यस वर्ष रु ४० लाख विनियोजन भएको थियो ।

सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक 

म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहजरुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न भूगर्वविद् र प्राविधिक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।

सुरुङ मार्गका पाँच वटा विकल्पसहितको प्रतिवेदन तयार पारिएको इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । सबैभन्दा लामो पाँच किलोमिटर ५०० मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दूरीको सुरुङ बनाउन सकिने इञ्जिनियर गौतमले जानकारी दिनुभयो ।

पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सम्भाव्यता प्रतिवेदनसहित डिपिआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकायसँग प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । सवारीसाधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !