१८ बैशाख २०८१, मंगलबार

सभामुखबाट ‘रुलिङ’


Krishna Bahadur Mahara

१८ असार, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयको बैठकपछि उहाँले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् भन्नुभयो ।

सभामुख महराले भन्नुभयो– “सांसदहरुले गम्भीरताका साथ विषयवस्तु उठाउनुभएको छ, त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ आउने व्यवस्था होस् ।’’ (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !