![EPS](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/EPS.jpg?fit=246%2C246&ssl=1)
१५ असार, काठमाडौँ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
गत जेठ २६ र २७ गते लिइएको भाषा परीक्षामा सात हजार ९९६ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष दक्षिण कोरियाले सात हजार १०० नेपाली कामदारको माग गरेकामा सोभन्दा बढी उत्तीर्ण भएको परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।
भाषा परीक्षामा ७४ हजार ८६२ परीक्षार्थी सहभागी थिए । (रासस)