k|b]z–$ df td’jfg–du/fFtsf] dfu
k|b]z–$ nfO{ td’jfg–du/fFt gfdfs/0f ug{ dfu ub}{ td’jfg du/fFt ;+o’Qm ;+3if{ ;ldltn] cfOtaf/ kf]v/fdf wgf{ a:b} . tl:a/ M jf;’b}j kf}8]n, kf]v/f, /f;; १० असार, पोखरा । प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो ।
प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ ।
गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो ।
यसअघि नामांकन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत जेठ २६ र २७ गते दुईपटकसम्म बैठक अवरुद्ध गरेको थियो भने तेस्रो पटक अवरोध गर्न खोजिँदा मार्सल लगाएरै बैठक चलाइएको थियो ।
यसैबीच, प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले आज नदीपुरमा धर्ना दिएको छ ।
स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अर्को बैठक असार १७ गते दिउँसो १ः०० बजे बस्नेछ । (रासस)












