१५ असार २०८१, शनिबार

सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको छ : नेता ज्ञवाली


yubrajgyawali

७ जेठ , दाङ  ।  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने बताउनुभएको छ ।

आज दाङको घोराहीमा प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अब सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको उहाँको भनाइ छ ।

हिजो जनतालाई दिएका आश्वासन पार्टी एकतापछि रुपान्तरणमा अनुभव हुनेगरी देखाउन चुनौती रहेको समेत बताउनुभयो ।

लामो समयको संघर्षपछिको अहिले प्राप्त उपलब्धिमा नेपाली काँग्रेसको भूमिका पनि उत्तिकै रहेको भन्दै उहाँले अब पनि सहकार्यबाट देश विकासमा लाग्ने बताउनुभयो ।

प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माले गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !