२० कार्तिक २०८१, मंगलबार

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ : डा. कोइराला


ShekharKoirala

३१ वैशाख, मोरङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गर्नुभयो ।
पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह हो भन्दै नेता कोइरालाले इतिहासमै नेपाली काँग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको धारणा व्यक्त गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !