६ जेष्ठ २०८१, आइतबार

समृद्धि र सुशासनका लागि युवा अभियान सञ्चालन हुने


No photo Image

२७ वैशाख, काठमाण्डाैै । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभात विक्रम कटुवालले मुलुक समृद्धिको अभियानतर्फ गइरहेको हुँदा आम युवालाई जोड्न संघले समृद्धि र सुशासनका लागि युवा अभियान शुभारम्भ गर्न लागेको बताउनुभएको छ ।

आगामी जेठ १ गते संघको २८आँै स्थापना दिवसका अवसरमा आयोजना हुने बृहत् कार्यक्रम सफल बनाउनका लागि बुुुधबार यहाँ आयोजित कार्यक्रममा उपाध्यक्ष कटुवालले बृहत् युवाको उपस्थितिका लागि आह्वानसमेत गर्नुभयो ।

उहाँले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका हरेक युवालाई सीप र प्रविधिमा जोडी मुलुकमै रोजगार सिर्जना गर्न विशेष कार्यक्रम राज्यले ल्याउनुपर्नेमा जोड दिनुभयो ।
मुलुकको विकासका लागि युवालाई सहीरुपले परिचालन गर्दै युवाको सीप र दक्षतालाई राज्यले सम्मान गर्ने वातावरणको विकास गर्नुपर्ने उपाध्यक्ष कटुवालको भनाइ छ ।

त्यस्तै उहाँले मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि अज्ञात समूहले गरेको आक्रमणको निन्दा गर्दै सत्यतथ्य पत्ता लगाउन प्रशासनको ध्यानाकर्षण गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु