७ मंसिर २०८१, शुक्रबार

पार्टी एकता दुई हप्ताभित्र हुने नेता पौडेलको दावी


विष्णु पौडेल

२६ वैशाख, पाल्पा । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताएका छन् ।

प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचका पार्टी एकता पदका कारण नरोकिने र पार्टी एकता बिथोल्ने कुनै पनि प्रयास सफल नहुने बताए ।

अज्ञानताबाट नभै योजना र लक्ष्यका साथ अघि बढाइएकाले एकता प्रक्रिया नरोकिने उनको भनाइ थियो ।

पार्टी एकताले देशमा अस्थिरताका साथसाथै भ्रष्टाचार, महिला हिंसा, बोक्सी प्रथा लगायतका बेथिति अन्त्यका लागि पनि ठूलो सहयोग हुने उनले उल्लेख गरे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !