३० कार्तिक २०८१, शुक्रबार

शेयर बजार ओरालो लाग्यो


Bearish Market

२६ वैशाख, काठमाण्डौ । बुधबार शेयर बजार ४ दशमलव ८७ अंकले ओरालो लागेको छ । आज ४ दशमलव ८७ अंकले घटेर नेप्से परिसुचक १३५६ दशमलव १५ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से करिब ५ अंकले ओरालो लाग्दा ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाँको शेयर कारोबार भएको छ । ५ हजार ६ सय ३४ वटा कारोबारमा ६ लाख ५४ हजार २ सय २४ कित्ता शेयर किनबेच भएको छ ।

बुधबार बिहान १३६१ दशमलव ०२ अंकबाट शुरु भएको शेयर कारोबार शुरुवाती अवस्थामा हरियाली देखिए पनि १२ बजेर ४ मिने जादा १३५२ दशमलव ७७ अंकमा झरेको थियो । त्यसयता पुन उकालो लागेर १ बजेर ३२ मिनेट जादा १३६५ दशमलव १३ अंकमा पुगेको नेप्से परिसुचक अन्तमा ४ दशमलव ८७ अंकले घटेर नेप्से परिसुचक १३५६ दशमलव १५ अंकमा पुगेर बन्द भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !