३० कार्तिक २०८१, शुक्रबार

अधिकार उपभोगको अनुभूति गर्न पाउन लैङ्गिक अल्पसंख्यकको जोड


Blue Diamond Society

२३ वैशाख, सुनसरी ।  राइट हेयर राइट नाउको सहयोगमामा ब्लुडाइमण्ड सोसाइटीले आज इटहरीमा आयोजना गरेको ‘समान लिङ्गबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा त्यसको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा पनि जोड दिएको छ ।

नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या लैङ्गिक अल्पसंख्यक रहेकामा विद्यमान कानूनले उनीहरुको हक अधिकार निश्नित नगरे पनि यसबारे सकारात्मक सन्देश खबर प्रवाह गरिनुपर्नेमा पनि सोसाइटीका अभियानकर्मीले जोड दिएका छन् ।

अभियानकर्मी अनुज राई पिटर र सञ्जय शर्माले समान लिङ्गबीचको वैवाहिक सोचाइले मान्यता पाउनु पर्नेमा यौनिक अल्पसंयकहरुले आफ्नो अधिकारको सुनिश्चितता भएको अनुभूति नभएको बताउनुभयो ।
सञ्चारमाध्यमकै सहयोगमा पनि धेरै यौनिक अल्पसंख्यक समाजमा खुलेर बाहिर आउन सफल भएकामा जोड दिंदै सुमन तामाङ र मुस्कान श्रेष्ठलगायतले आफूहरुले जीवनमा भोग्नु परेका कठिनाइ अनि समाज र परिवारबाट गरिने व्यवहारका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

परिवार समाज र राज्यबाटै यौनिक तथा लैङ्गिक अल्पसंख्यक वर्गको अधिकारको सुनिश्चितताका लागि घरपरिवार, समाज र राज्य सकारात्मक हुन सञ्चारमाध्यमले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उहाँहरूले जोड दिनुभएको थियो ।

हाल नेपालमा ७०० व्यक्ति यौनिक तथा लैङ्गिक अल्पसंख्यक संघसंस्थामा आबद्ध रहेपनि कम्तीमा सात लाख सम्पर्कमा रहेका र अन्य पनि हुनसक्ने भएकाले तीनलाई आफ्नो जीवन सहज रुपमा बिताउन पाउन र चाहेअनुरुपको वैवाहिक जीवनको वातावरण उपलब्ध गराउन पनि ध्यानाकर्षण गराइएको थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !