१९ असार २०८१, बुधबार

हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेजस्तै हो पार्टी एकता : प्रचण्ड


प्रचण्ड

२३ वैशाख, कास्की । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माक्र्सको द्वि–शतवार्षिकीमा पोखरामा शनिबार आयोजित कार्यक्रममा बोल्दै एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दोहोरयाएका छन् । उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’

प्रचण्डले तत्कालिन नेकपा माक्र्सवादी र मालेवीचको पार्टी एकता उदाहरणीय भएको भन्दै एमाले माओवादी एकताका लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले केही दिनमै एकताको मिति घोषणा गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !