५ जेष्ठ २०८१, शनिबार

जुटमिल सञ्चालनमा अध्ययन गर्ने : उद्योग मन्त्री यादव


Brt-jute-mills

२२ वैशाख, माेरङ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलको पुनः सञ्चालन सम्बन्धमा अध्ययन गर्ने बताउनुभएको छ ।

विराटनगर जुटमिलको शनिबार स्थलगत अनुगमनपछि उहाँले रुग्ण सरकारी उद्योगलाई सञ्चालन गर्नेतर्फ सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

आपूर्ति मन्त्री मातृका यादवले उद्योगको प्राविधिक अनुगमन, भ्रष्टाचार छानविन र उद्योग पुनः सञ्चालन गर्न सकिने/नसकिनेबारे अध्ययन गर्न छानविन समिति बनाउन लागिएको अनुगमनपछि बताउनुभयो ।

विराटनगर जुटमिल सरकारले सञ्चालन गर्न नसकेपछि दुईपटक निजी क्षेत्रलाई सञ्चालन गर्न दिएकामा मिल सञ्चालन गर्न नसकेपछि पछिल्लोपटक मजदूरको सहयोगमा सरकारबाट नियुक्त सञ्चालक समितिले जुटमिल सञ्चालन गर्दै आएकामा अहिले मिल बन्द रहेको छ ।

सो अवसरमा मजदूरहरुले निजी क्षेत्रबाट उद्योग सरकारलाई हस्तान्तरण गर्ने क्रममा धेरै मेसिन र सामान बेचिएकोे बताएका छन् ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !