८ जेष्ठ २०८१, मंगलबार

साताको अन्तिम कारोबार बढ्यो, नेप्से परिसूचकमा पनि वृद्धि  


Bullish trend share-market

२० वैशाख, काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.७७ अंकले बढ्दा कारोबार रकम भने ७६ करोड ८३ लाखको उचाईमा पुगेको हो ।

यो दिन होटल र अन्य दिन बाहेकका परिसूचकमा बढोत्तरी भएको छ । बैकिंग समूह ३.५५ अंकले बढेको छ भने विकास बैंक समूह ३.४९ अंक, जलविद्युत समूह १७.१ अंक, बित्त समूह ३.८६, बिमा समूह ७५.६२ अंक, उत्पादनमुलक १०.६ तथा माइक्रोफाइनान्स समूह १६.५५ अंकले बढे । यो दिन होटल समूह ८.६७ र अन्य समूह २.९६ अंकले घटे ।

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स १.११ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४७ अंकको बढोत्तरी भएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १४ लाख ६५ हजार ५ सय ९३ कित्ता सेयर ७६ करोड ८३ लाख ७२ हजार २ सय ९३ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन नेपाल बैंक लिमीटेडले सबैभन्दा धेरै ५ करोड ७७ लाख बढीको कारोबार गरेको छ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ४ करोड ३० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा चिलिमे हाइडोले २ करोड ४२ लाख, राष्ट्रिय बिमा कम्पनी लिमीटेडकै २ करोड १९ लाख बढीको साधारण सेयर, प्रिमियर इन्स्योरेन्सले २ करोड १५ लाख, स्वालम्बन विकास बैंकले २ करोड ७ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ८९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले पनि १ करोड ८९ लाख, स्वदेशी लघुवित्तले १ करोड ८६ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सूर्योदय लघुवित्त बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ८ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए ।

यो दिन मितेरी डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.११ प्रतिशतले गुमाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !