२ जेष्ठ २०८१, बुधबार

आज विश्व प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाइँदै


Press Freedom Day तस्बिर : नेन्सी हर्मन

२० वैशाख, काठमाण्डौ । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ ।

नेपालमा ‘शक्तिको निगरानीः मिडिया, न्याय र विधिको शासन’नारासहित दिवस मनाइँदै छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा काठमाण्डौ उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् । काठमाण्डौमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी निकालिएको छ ।

दिउँसो युनेस्कोसमेतको सहकार्यमा एसियाको प्रेस स्वतन्त्रता अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा सगरमाथा आरोहण गरिरहेका ७ जना पत्रकार महिलालाई लैंगिक समानता पुरस्कारबाट सम्मानसमेत गरिने छ ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको सिफारिसमा सन् १९९३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो ।

विण्डहोक डिक्लेरेशन भएको दिन पारेर दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा यस वर्षको नारा किपिङ्ग पावर इन चेक : मिडिया, जस्टिस एण्ड द रुल अफ ल अर्थात, “शक्तिको निगरानी र नियन्त्रण ः सञ्चार, न्याय र विधिको शासन” तय गरिएको छ ।

प्रेस स्वतन्त्रताका लागि कानुनी वातावरणलाई बलियो बनाउने, प्रेस स्वतन्त्रताको ग्यारेन्टिका लागि न्यायीक निकायको भूमिकालाई थप आकृष्ट गर्ने, पत्रकारमाथि हुने हिंसा र दबाबलाई क मगर्ने तथा कानुनी शासनका लागि प्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यो वर्षको नारा तय गरिएको हो ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वका सबै सरकारलाई प्रेस स्वतन्त्रतालाई थप प्रभावकारी बनाउन तथा पत्रकारको सुरक्षाको वातावरण बनाउन आग्रह गरेका छन् । प्रेस स्वतन्त्रता सत्यको पक्षमा उभिनु रहेको उनले बताएका छन् ।

यसैबिच ञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारिताको व्यावसायिक अभ्यासका क्रममा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलिका साथै सम्पूर्ण पत्रकार र विश्वभर छरिएर रहेका सबै सञ्चारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०१८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत शर्त भएको र आधुनिक सभ्य समाजमा प्रेस जगत् र तिनको स्वतन्त्रताको महत्व सर्वोपरी रहेको उल्लेख गरेका छन् ।

तस्बिर : नेन्सी हर्मन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !