१९ असार २०८१, बुधबार

‘जनयुद्ध’ र ‘जबज’ मा कुरा मिलिसक्यो : प्रचण्ड


प्रचण्ड

२० वैशाख, काठमाण्डाै ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी पार्टी एकताका लागि लगभग सबै कुरामा सहमति भैसकेको बताउनुभएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी हेडक्वार्टरको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जबज र एमालेले जनयुद्धलाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको जानकारी दिनुभएको हो । अध्यक्ष दाहालले जनयुद्ध र जबजमा कुरा मिलेको र सहमति हुन बाँकी विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर एक दुइ दिनमै टुंग्याइने जानकारी पनि दिनुभयो ।

बैठकले पार्टी एकतामा कुन पार्टीले कति भाग पाउछ भन्ने विषयमा मात्र नभै एक अर्काले गरेका आन्दोलन स्वीकार गर्ने नगर्ने भन्ने विषय महत्वपूर्ण रहेको पनि निष्कर्ष निकालेको छ ।

पार्टी एकताको विषयमा छलफल गर्न आज बस्ने भनिएको एमाले स्थायी कमिटिको बैठक भने अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !