४ आश्विन २०८१, शुक्रबार

३३ किलो सुन प्रकरण : बयान दिन गएका एसएसपी लोहनी नै परे पक्राउ


Gold

१९ वैशाख, मोरङ । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले लोहनीको भूमिका शंकास्पद रहेको बताएपछि उनी अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !