४ आश्विन २०८१, शुक्रबार

कन्सुलर विभागको कार्यालय अब नारायणहिटीमा


१९ वैशाख, काठमाण्डौ । त्रिपुरेश्वरमा रहेको कन्सुलर विभाग सरेको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको विभाग हाल राहदानी विभाग रहेको नारायणहिटी दरबार क्षेत्रमा सरेको हो ।

कन्सुलर विभागको भवन २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षति पुगेपछि अस्थायी भवन निर्माण गरी सेवा प्रदान गरिँदै आएको थियो । त्रिपुरेश्वरस्थित परिसरमा सरकारले नयाँ बहुउद्देश्यिक भवन निर्माण थालेको छ ।

notice

सोही कारण विभागको कार्यालय स्थानान्तर गरिएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले जानकारी दिए ।

बुधवारदेखि विभागबाट हुँदै आएका सबै काम नारायणहिटी दरबार क्षेत्रमा रहेको राहदानी विभाग परिसरमा कार्यालय स्थापना गरी प्रदान गरिने उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !