४ आश्विन २०८१, शुक्रबार

तानाशाही बन्ने कोशिशमा वाम सरकार धम्काउँदै र तर्साउँदै हिड्न थाल्यो : रिजाल


minendra-rijal

१८ वैशाख, बुटवल । नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उहाँले भन्नुभयो, “एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !