४ आश्विन २०८१, शुक्रबार

कांग्रेस बलियो बनाउन तरुण दलको एकदिने प्रशिक्षण


Congress

१७ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आगामी जेठ ५ गते जिल्ला कार्यसमितिलाई जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न निर्देशन दिएको छ । तरुण दलले जेठ १२ गते महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुमा तरुण प्रशिक्षण गरिने र जेठ १९ गते सम्पूर्ण वडाहरुमा तरुण प्रशिक्षण गर्न पनि परिपत्र गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

तरुण दलमा आवद्ध कार्यकर्ताहरुलाई प्रशिक्षित गरेर माउ पार्टी कांग्रेसलाई मजबुत बनाउन सबै जिल्ला र स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न परिपत्र गरिएको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । ‘‘तरुणहरुलाई राजनीतिक र सांगठनिक रूपमा प्रशिक्षित गर्न एकै दिन–एकै समयमा देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम गर्न गइरहेका हौं,’’ उनले बाह्रखरीसँग भने, ‘‘यसले तरुण दललाई व्यवस्थित र संगठित गर्न मद्दत पुर्याउने छ ।’’ तरुण दलले भर्खरै सात वटै प्रदेशमा प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !