१४ बैशाख २०८१, शुक्रबार

सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०७५ जारी


राष्ट्रपति विद्यादेवी भण्डारी

१३ वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।

भण्डारीले बिहीबार नै राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश २०७५ पनि जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !