५ जेष्ठ २०८१, शनिबार

नेपालगञ्जमा पनि पेट्रोलियम पदार्थ ढुवानी ट्याङ्करमा लकिङ्ग सुरु


१३ वैशाख, नेपालगञ्ज । नेपाल आयल निगमको नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय कार्यालयले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङुकरमा ‘लकिङ्ग सिस्टम’ सुरु गरेको छ ।

बिहीबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई, भारतीय आयल निगम मुम्बइका प्रमुख महानिर्देशक एसएस बोस, आयल निगमका निर्देशक वीरेन्द्र गोइत, राजिवराज शर्मा र सञ्चालक समितिका सदस्य विकास बखतीले लकिङ्ग सिष्टमको उद्घाटन गर्नुभयो ।

भारतको गोण्डास्थित भारतीय आयल निगमको डिपोबाट इन्धन भरेर बुधबार छुटेको नेपाली टयाङ्करमा लागइएको लक बिहीबार आयल निगमको कार्यालयमा खोलेर ‘लकिङ सिस्टम’को औपचारिक उद्घाटन गरिएको हो ।

आयल निगमको क्षेत्रीय कार्यालयमा इन्धन बोक्ने ११८ वटा ट्याङ्करमा रहेकोमा अहिले २० वटामा  लकिङ्ग सिष्टम जडान गरिएको छ । बाँकी सबै टयाङ्करमा दुई महिनाभित्र लकिङ सिष्टम जडान भइसक्ने निगमका क्षेत्रीय प्रमुख बिनितमणी उपाध्यायले जानकारी दिनुभयो ।

निगमले लकिङ्ग सिस्टम सुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी हुन बन्द हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !