१७ असार २०८१, सोमबार

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको मूख्य कार्यालय चितवनमा : प्रचण्ड


प्रचण्ड

१२ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रहरीको हेडक्वार्टर र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय निकाय चितवनमा स्थापना हुने  बताउनु भएको छ । प्रेस सेन्टरले चितवनको विकास र समृद्धिका बारेमा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चितवनको विकासका लागि नयाँ सम्भावनाको खोजी गरिरहेको बताउनुभयो ।

चितवनलाई नमूना विकासको जिल्ला बनाउने अभियानमा आफू रहेको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रले चितवनको विकासबाट सिक्न सक्ने गरी काम गरिने बताउनुभयो । चितवनलाई पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यको हव बनाउन सकिने उहाँको तर्क छ । उहाँले जिल्लामा रहेका नदी, राष्ट्रिय निकुञ्जको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । जिल्लामा के आवश्यक छ भन्ने विषयमा आफूले चासोका साथ हेरिरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

‘चितवनमा चाइनिज कम्पनीमार्फत २५ वटा नयाँ उद्योग स्थापना गर्न कुरा भइरहेको छ ।’ उहाँले भन्नुभयाे, ‘कृषि क्षेत्रको विकासमा काम गर्न पनि प्रयास भइरहेको छ ।’ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको मूख्य कार्यालय चितवनमा बनाइने पनि उहाँले बताउनुभयो ।

बुधबार चितवनमा नेत्रज्योती संघको केन्द्रीय साधारण सभा र जेष्ठ नागरिक समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा प्रचण्ड सहभागी हुनुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु