४ आश्विन २०८१, शुक्रबार

आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश


Goldcup

११ वैशाख, इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबारको खेलमा आयोजक माइभ्याली फुटबल क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औं मिनेटमा पाएको फ्रीकिकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रीकिकलाई नाइजेरियन खेलाडी काचीले हेडमार्फत शानदार गोल गरेका थिए ।

खेलमा आयोजक माइभ्याली फुटबल क्लबका तीर्थ बस्नेत म्यान अफ् द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

मंगलबार दोश्रो क्वार्टरफाइनमा डिफेन्डिङ च्याम्पियन रमपम झापा ११ र सशस्त्र प्रहरी बलको एपीएफ भिड्ने छन् ।

माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल वैशाख १७ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !