३० कार्तिक २०८१, शुक्रबार

नाफा सुरक्षित गर्ने होडले नेप्सेमा २७ अंकको करेक्सन


Bearish Market

१० वैशाख, काठमाण्डाै ।  लगातार बढीरहेको सेयरबजारमा अाज भने २७ अंकको करेक्सन आएको छ । नयाँबर्ष लागे यता नेप्सेमा लगातार चौथो दिन अर्ब बढीको कारोबार भएको हो ।

सोमबार बजार खुलेदेखि नै नेप्सेमा तिब्र उतारचढाब देखिएको थियो । छिनभरमै बढ्ने र छिनभरमै घट्ने प्रवृति दिनभर देखिरह्यो । दिनभर उतारचढाव हुँदै अन्तमा नेप्से २७.६४ अंकले घटेर १४१० अंकमा झरेको छ ।

लगातार आठ दिन बढरे झण्डै दुई सय अंक माथि पुगेको बजारमा सोमबार नाफा सुरक्षित गर्नेहरु बढी हाबी देखिएको लगानीकर्ताहरु बताउछन् । यसदिन बजारमा खरिदभन्दा पनि बिक्री चाप बढि देखिएको थियो । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । बढेको बजारमा बजार प्रवेश गर्नेहरु पनि उत्तिकै रहदा कारोबार उच्च भएको उनीहरुको भनाई छ ।

सोमबारको बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ८८ अंकले घटेको छ बैंकिङ समुहको परिसुचक २५.१६ अंक ले घटेको छ । यसैगरी, होटल, विकास बैंक, लघुवित्त, जलविद्युत तथा उत्पादनमुलक समुहको परिसुचक पनि उच्च रुपमा ओरालो लागेका छन् । यसदिन सबै समूहमा गिरावट देखिएको छ ।

सोमबार १७० कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ। जसमध्ये १४५ कम्पनीको शेयर मूल्य घट्यो भने २५ कम्पनीको सेयर मूल्य बढेको छ।

सबैभन्दा बढी नेपाल बैंकको नौ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भयो । राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण सेयर, फरवार्ड माइक्रो तथा नेशनल लाइफ लगायतको उच्च कारोबार भएको छ ।

सोमबारको बजारमा स्वदेशी लघुवित्त र मिशन डेभलपमेन्ट बैंकका लगानीकर्ताले झण्डै दश प्रतिशतका दरले कमाए । भागर्व विकास, वल्र्ड मर्चेन्ट तथा सर्पोट माइक्रोफाइनान्स लगायतको पनि सेयरमूल्य पाँच प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा धेरै राद्यी विद्युत कम्पनी, तारा गाउँ होटल र सप्तकोशी डेभलपेमन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले गुमाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !