९ वैशाख, काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि उकालो लाग्न थालेको बजारमा आइतबार नेप्से सूचक ५० अंकले बढ्दा एक अर्ब २३ करोड बढीको सेयर किनबेच भयो । वैशाख महिना लागेपछि तेस्रो पटक नेप्सेमा अर्ब बढीको कारोबार भएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४३८.४९ विन्दूको उचाईमा पुगेको हो ।
आइतबार सबै समूहको सूचक हराभरा भए । क वर्गका कम्पनीमा खरिदको चाप देखिएका कारण धेरै समयको अन्तरालपछि सेन्सेटिभ इण्डेक्स एकैदिन १०.०८ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ३.९३ अंकले बढेको छ ।
यो दिन माइक्रोफाइनान्स, बिमा र जलविद्युत समूहमा उछाल आयो । माइक्रोफाइनान्स समूहको सूचक १००.२३(५.८९ प्रतिशत) अंकले बढ्यो भने बिमा समूहमा ३५२.९९(५.०३ प्रतिशत)अंक तथा जलविद्युत समूहमा ८९.८८(५.२६ प्रतिशत) अंकको बढोत्तरी भयो ।
बैकिङ समूह ३९.३१ अंकले बढ्यो भने होटल समूहमा ६५.२ अंक, विकास बैंकमा ६१.६६ अंक, बित्त समूहमा २३.१४ अंक, उत्पादनमूलकमा ४०.३८ अंक, र अन्य समूहमा १२.५७ अंकको वृद्धि भयो ।
अरुण काबेली पावर लिमीटेड, एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनीको साधारण तथा संस्थापक सेयरधनी, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाए । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर लिमीटेडको सेयरधनीले सबैभन्दा धेरै गुमाए ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका २८ लाख ८९ हजार ९ सय ४३ कित्ता सेयर १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाँमा किनबेच भएको छ ।
यो दिन सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ५ करोड ३९ लाख बढीको कारोबार गर्यो । ४ करोड ४० लाख बढीको राष्टिय बिमा कम्पनी लिमीटेडको संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा बैंकले ३ करोड ७५ लाख बढीको कारोबार गरेको छ । सानिमा बैंकले आइतबार पस्किएको सन्तोषजनक प्रगति विवरणले यो बैंकप्रति लगानीकर्ताको आकर्षण देखिएको छ ।
यो दिन नेपाल बैंकले ३ करोड ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ६१ लाख बढीको कारोबार गरे भने राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ३ करोड ६० लाख बढीका साधारणसेयरको समेत किनबेच भयो । यस्तै, सानिमा हाइड्रोपावरले ३ करोड ३८ लाख, चिलिमे हाइड्रोले २ करोड ६५ लाख, सिद्धार्थ बैंकले २ करोड ६१ लाख र प्राइम कमर्सियल बैंकले २ करोड ३७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन २१ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । अरुण काबेली पावर लिमीटेड, एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनीको साधारण तथा संस्थापक सेयरधनी, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाए । यी सबै कम्पनीको मूल्यमा १० प्रतिशतको बढोत्तरी भयो ।
सेन्ट्रल फाइनान्स, काबेली विकास बैंक, अपी पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले पनि कुस्त कमाए । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
हिमालयन पावर पार्टनर लिमीटेड, रिलायन्स फाइनान्स, समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, फरवार्ड माइक्रोफाइनान्स, स्वालम्बन लघुवित्त बित्तीय संस्था, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।
रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावर लिमीटेडको सेयरधनीले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।