१७ असार २०८१, सोमबार

संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड


प्रचण्ड

८ वैशाख, काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।

काठमाण्डाैमा शुक्रवार मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सँधै लागि पर्ने बताउनुभएको हो ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको स्मरण गर्दै उहाँले अब म संगीतकार कलाकारलाई राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

अभियानमार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको उहाँको भनाई थियो । निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाएकाले गणतन्त्रमा झनै यो क्षेत्रको प्रवर्द्धन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘विविधतामा एकता नै हाम्रो राष्ट्रको पहिचान र गौरव हो, उहाँले भन्नुभयो, यो गौरवलाई गीत संगीत र कलामार्फत समृद्धिको यात्रातिर अगाडि बढ्न हामी सबैले संकल्प गरौँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !