४ आश्विन २०८१, शुक्रबार

गृहमन्त्री थापाले भने, `सिण्डिकेट अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैन´


rambahadur-thapa-badal

८ वैशाख, काठमाण्डाै । गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायात क्षेत्रको ‘सिण्डिकेट’ अन्त्य गर्ने सरकारको निर्णयमा पुनर्विचार नहुने स्पष्ट पार्नुभएको छ ।

शुक्रबार गृहमन्त्रालयमा नेपाल यातायात व्यवसायी महासंघका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै उहाँले आन्दोलन छोडेर सरकारको निर्णयमा सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी केही यातायात व्यवसायीको मात्रै हित हुने सिण्डिकेटको पक्षमा छैनौँ सबै यातायात व्यवसायीको हित हुने गरी निर्णय गरेका छौँ ।’

गएको वैशाख ४ गतेको मन्त्रिपरिषद् बैठकले अहिले जिल्ला प्रशासन कार्यालयमार्फत यातायात व्यवसायी समितिलाई संस्थाका रुपमा दर्ता गरिँदै आएकामा अब दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको थियो । अब यातायात समितिले कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !