५ आश्विन २०८१, शनिबार

‘सांसद’ दीपक मनाङ्गे पक्राउ


दीपक मनाङ्गे

७ वैशाख, काठमाण्डाै ।  दीपक मनाङ्गे स्वयम्भूको तीनधाराबाट पक्राउ परेका छन् ।

प्रदेश चारको सांसदसमेत रहेका दीपक मनाङ्गे स्वयम्भूमा रहेको एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो । पुनरावेदनको फैसलालाई गएको माघमा सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वाेच्चकाे फैसलापछि मनाङ्गे फरार रहेका थिए ।

मनाङ्गेलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !