४ आश्विन २०८१, शुक्रबार

इन्धन कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालक पक्राउ


५ वैशाख, सुनसरी  । जिल्ला प्रहरी कार्यालय सुनसरीले कालोबजारी गर्ने एक पेट्रोल पम्प सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका – २ बस्ने अशोक रौनियार रहेका छन् ।

रौनियारले सञ्चालन गरेको गुप्ता आयल ट्रेडर्सले अवैध रुपमा भारततर्फ तस्करी गर्ने तस्करहरुलाई प्रति लिटर ८७ रुपैयाँले डिजल विक्री गर्ने गरेको र बिलमा ८४ रुपैयाँ बीस पैसामात्र उल्लेख गर्ने गरेकोसाथै बिलसमेत च्यातेर फ्याँक्ने गरेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुनसरीमा नै इन्धन भारततर्फ लैजाँदै गरेको अवस्थामा इन्धनसहित थप एकजनालाई  प्रहरीले पक्राउ गरेको छ । हरिनगरा गाउँपालिकादेखि दक्षिणवर्ती क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको गस्ती टोलीले तस्करी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा एक सय पचास लिटर डिजेलसहित तस्करमा संलग्न एकजनालाई पक्राउ गरेको हो ।

इन्धनको तस्करी भारततर्फ बढी हुन थालेपछि सुनसरीमा पेट्रोलपम्पहरुको निगरानी बढाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !