१२ पुस २०८१, शुक्रबार

‘रिफ्रेस’ का लागि प्रचण्ड परिवारसहित सुकुटेमा


प्रचण्ड सुकुटेतिर फाइल फोटो

३ वैशाख, काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट जानुभएको छ ।

उहाँ श्रीमती सीता, छोरी ज्वाईँ, नाती नातिनीसहित पारिवारिक जमघटको लागि सुनकोशी किनारको सुकुटे रिसोर्टमा गएको प्रचण्डको सचिवालयले जनाएको छ ।
केही दिन अघिदेखि उहाँ अस्वस्थ रहेको र पार्टी एकता लगायतका तनाव साम्य पार्न सुकुटे गएको सचिवालयले स्पष्ट पारेको छ ।

उहाँ साेमबार बिहानै काठमाडौं आउने र बिहान १० बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको बारेमा छलफल गर्ने कार्यक्रम छ । आइतबार एमालेका अध्यक्षसँग छलफल गर्ने कुनै कार्यतालिका नै नरहेको तर केहि मिडियामा भेट रद्द गरेको गलत समाचार आएको भन्दै सचिवालयले गलत सूचना नदिन पनि आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !