१० मंसिर २०८१, सोमबार

अनावरणको हप्ता नबित्दै विप्लवका कार्यकर्ताले तोडे उज्जनको शालिक


Biplov

२९ चैत, ओखलढुंगा  । विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, अरुणदय माविको हाताभित्र निर्माण गरिएको श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् ।

स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्‍‍दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’, जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेका हुन् ।

जनयुद्धकालीन मुद्दा व्यूत्याएर बालकृष्ण ढुंगेललाई जेल हालेको, विद्यालय हाताभित्र शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा विदेशी डलर ल्याएकोले शालिक तोडफोड गर्नु परेको विप्लवले जनाएको छ । शालिक केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो ।

माओवादीले हत्या गरेका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको मुद्दामा बालकृष्ण ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यही फैसलापछि अहिले ढंगेल डिल्लीबजारस्थित सदरखोरमा सजाय भोगिरहेका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !