८ जेष्ठ २०८१, मंगलबार

बजारमा झिनो अंकको बढोत्तरी


bullness trend

२८ चैत, काठमाण्डौ । बुधबारको बजार बन्द हुँदा झिनो अंकको बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक ३.१ अंकले बढेर १२७३.३३ विन्दूमा पुगेको हो ।

नेप्से परिसूचकमा झिनो मात्र बढोत्तरी भए पनि कारोबार रकम भने मंगलबारको तुलनामा थप घटेको छ । बजार परिसूचकमा झिनो मात्र बढोत्तरी हुनु र कारोबार रकम अझ घट्नुले बजारमा चैत मसान्तको प्रभाव परेको देखिन्छ ।

होटल समूह १७.१४ अंकले घट्यो भने विकास बैंक समूह ८.६१, बित्त समूह ३.३४ र अन्य समूह १.८४ अंकले घटे ।

यो दिन बैकिङ समूह ३.२७ अंकले बढ्यो भने बिमा, माइक्रोफाइनानस, जलविद्युत समूहमा क्रमशः ४२.१, ४.७२ र १०.०२ अंकको बढोत्तरी देखियो । यो दिन उत्पादनमूलक १२.६ अंकले बढ्यो ।

बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२४ अंकको झिनो बढोत्तरी देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ८ लाख ५९ हजार २ सय ८२ कित्ता सेयर २८ करोड ८४ लाख ७८ हजार ७ सय ७२ रुपैयाँमा किनबेच भयो ।

यो दिन सबैभन्दा बढी नवील बैंकको ३ करोड ५१ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, ओम डेभलपमेन्ट बैंकको २ करोड ९६ लाख बढीको सेयर किनबेच भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८० लाख, नवील बैंकले ७९ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ७६ लाख, एनएमबी बैंकले ७५ लाख, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले ७२ लाख, सानिमा माई हाइड्रोले ६६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ५८ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले वृद्धि भयो । स्वदेशी लघुवित्तको सेयरमूल्य समेत ६ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरी लिमीटेडका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्यो । यस्तै, गोर्खाज फाइनान्सको सेयर मूल्य समेत ५ प्रतिशतकै हाराहारीमा घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !