४ आश्विन २०८१, शुक्रबार

अपमानित भएर काम गर्दिनँ, राजीनामा दिन्छु : डिआईजी खरेल


ramesh-kharel

२८ चैत, काठमाण्डौ । डिआईजी रमेश खरेलले पदवाट राजीनामा दिने भएका छन् ।

सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् । उनले बुधबार बिहान ११ बजे पदवाट राजीनामा दिने बताए ।

खरेलले भने, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !