२९ कार्तिक २०८१, बिहीबार

सुरु भयो भक्तपुरमा बिस्केटजात्राको रौनक


eQmk’/df cfhaf6 ;’? ePsf] k|l;¢ P]ltxfl;s Pj+ ;fF:s[lts dxTj af]s]sf]] lnR5jLsfnLg la:s]6 hfqfsf] e}/agfy /y tfGb} . gf} lbg cf7/ft dgfpg] of] hfqfsf] cfh klxnf] lbg tf}d9Laf6 tn / dflysf] afl;Gbfn] cf–cfkmgf] If]qdf n}hfg /y tfGg] ul/G5 . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

२८ चैत, भक्तपुर । भक्तपुरमा विस्केट जात्रा सुरु भएको छ ।

नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालिन बिस्केट जात्रा मंगलबारबाट सुरु भएको छ ।

मंगलबार बिहान भैरवनाथको पूजा सुरुभएसँगै दिउँसो स्थानीयले गुठीको पूजा गरेर साँझबाट रथ तानेसँगै विधिवत रुपमा जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भएर नयाँ वर्षको पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले ८ रात ९ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । बिस्केट जात्राको पहिलो दिन मंगलबार बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरेपछि दिउँसोबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !