१२ असार २०८१, बुधबार

४ नम्बर प्रदेशका मुख्यमन्त्रीको तलब ६० हजार, मन्त्रीको ५२ हजार !


२७ चैत, कास्की ।  चार नम्बर प्रदेशको प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा कानुन पारित गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएसँगै प्रदेश ४ का मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ ।

यस्तै मन्त्रीहरुको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !