११ आश्विन २०८१, शुक्रबार

संघ र प्रदेशको कार्यगत समन्वय बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न


Mantri Gokarna Bista

२६ चैत, काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रदेशका सामाजिक विकास मन्त्रीहरुसंग छलफल गर्नुभएको छ ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धि विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई कसरी प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा आज मन्त्रालयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न ऋचयकक(अगततष्लन क्ष्ककगभ हरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव श्री लक्ष्मण प्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउनसक्ने चुनौतिबारे अवगत गराउनु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताउनुभयो । यसैगरी संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक र सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउनु भयो । श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा समेत मन्त्रीले जोड दिनुभयो ।
कार्यक्रमको बारेमा सह–सचिव कृष्णप्रसाद ज्ञवालीले प्रेश विज्ञप्तीमार्फत जानकारी दिनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !