४ असार २०८१, मंगलबार

वर्षाका कारण डिपिएल खेल ढिलो सुरु हुने


DPL

२५ चैत, धनगढी । धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडको खेल वर्षाका कारण ढिलो सुरु हुने भएको छ ।

मैदानमा पानी परेर हिलो भएपछि खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको आयोजकले जनाएको छ । अम्पायरले मैदान निरीक्षण गरेपछि मात्र खेल कतिबेला सुरु हुने भन्ने तय हुनेछ ।

काठमाडौं यसअघि नै प्लेअफमा पुगिसकेको छ भने यो खेल जिते अत्तरिया पनि प्लेअफमा पुग्नेछ । आइतबार खेल हुन नसके दुवै टिमले एक एक अंक पाउनेछन् । अत्तरिया एक अंकले पनि प्लेअफमा पुग्नेछ ।

अर्को खेलमा आइतबारै दिउँसो १ बजेपछि विराटनगर किंग्स र सीवाईसी अत्तरिया खेल्नेछन् । यो खेलको विजेता प्रतियोगिताको प्लेअफमा पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !